काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बसेपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
उक्त सम्बोधनमा मुलुकको राजनीतिक परिस्थिति, आगामी निर्वाचन तयारी र समसामयिक विषयहरूबारे सन्देश रहने अपेक्षा गरिएको स्रोतले जनाएको छ ।
25 Sep 2025