मधेशका मुख्यमन्त्री सरोज यादव आज विश्वासको मत लिँदै

hitkhabar.com


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव आज विश्वासको मत लिन लागेका छन्। उनले दिउँसो २ बजे प्रदेश सभामा विश्वासको मतका लागि प्रस्तुत हुने कार्यक्रम रहेको छ।

मंगलबार प्रदेश प्रमुखबाट सर्वोच्च अदालतको आदेशसम्बन्धी पत्र प्राप्त भएको जानकारी दिँदै मुख्यमन्त्री यादवले बुधबार विश्वासको मतमा उपस्थित हुने बताए। यसअघि नै विश्वासको मत प्रक्रियाका लागि प्रदेश सभा सचिवालयमा पत्र पठाइसकिएको उनको भनाइ छ।

विगतमा साथ आएका दलहरूले पुनः विश्वासको मत दिनेमा आफू विश्वस्त रहेको मुख्यमन्त्री यादवले बताएका छन्।

सर्वोच्च अदालतले सोमबार २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेश जारी गरेको थियो।

प्रतिक्रिया