डाक्टर गोपीलाल न्यौपानेद्वारा ‘नेपाल लिबरल पार्टी’ को घोषणा

hitkhabar.com


काठमाडौं । डाक्टर गोपीलाल न्यौपाने नयाँ दल ‘नेपाल लिबरल पार्टी’कोे घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वको ‘नेपाल लिबरल पार्टी’ को घोषणा गरेका हुन् । 

पार्टी घोषणा गर्दै उनले पुँजीवादमा विश्वास गर्ने पार्टीको घोषणा गरेको बताउँदै यो नेपालको इतिहासमा नै एउटा ऐतिहासिक क्षण हुने बताए । अब नेपाल लिबरल पार्टी गठन भएसँगै नेपाल पुँजीवादी युगमा र स्वतन्त्र बजारमा प्रवेश गरेको दाबी गरे । 

उनले भने,‘पुँजीवादमा विश्वास गर्ने एउटा पार्टीको आज हामी घोषणा गर्दै छौं । नेपालको इतिहासमा नै यो एउटा ऐतिहासिक क्षण हो । नेपाल अब पुँजीवादी युगमा प्रवेश गर्यो । आजकै दिनबाट हामी घोषणा गछौं । नेपाल अब एउटा स्वतन्त्र बजारमा प्रवेश गर्यो ।’

त्यस्तै उनले नेपाली जनतालाई सदाको लागि गरिवी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, जनतालाई तत्काल न्यायको प्रत्याभूति दिन, नेपालमा कानूनी साशन बहाल गर्न, सुसासन मार्फत जनताको दैनिकि सजिलो पार्न, आर्थिक उदारवाद मार्फत आर्थिक सम्बृद्धि हासिल गर्न पार्टी गठन भएको जानकारी दिए । 

एकाइसौं शताब्दीका आधारभूत उदारवादी मूल्यहरू कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकिकरण, औद्योगिकरण, नैतिक राजनीति र विश्व–ब्यापीकरणको व्यावहारिक प्रयोग मार्फत नेपाल र नेपाली आम नागरिकहरूको सर्वोत्तम कल्याणकोलागि व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्न नेपाल लिबरल पार्टीको उद्य भएको उनको भनाई छ । 


प्रतिक्रिया