सुन–चाँदीको मूल्यमा ठुलो गिरावट, सुन प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्यो

hitkhabar.com


काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२,५०० रुपैयाँ घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेर आज प्रतितोला ३५५ रुपैयाँले ओरालो लागेर ४ हजार ५४० रुपैयाँमा पुगेको छ। शुक्रबार चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ प्रतितोलामा रहेको थियो।

प्रतिक्रिया