काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सुरक्षाकर्मीलाई कानुन कार्यान्वयनमा कडाइका साथ लाग्न निर्देशन दिनुभएको छ। ललितपुरको जावलाखेलस्थित जिल्ला प्रहरी परिसरको निरीक्षणका क्रममा उहाँले निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्न आग्रह गर्नुभएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार मन्त्री गुरुङले सातदोबाटोस्थित प्रहरी वृत्तको समेत अनुगमन गर्नुभएको थियो।
त्यसैगरी, गृहमन्त्री गुरुङले आजै काठमाडौँको रामशाहपथमा रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गर्नुभएको बताइएको छ।
28 Mar 2026