उपसभामुखविरुद्ध महाअभियोग दर्ता बारे समाचारमा सत्यता छैन : कांग्रेस

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उपसभामुखविरुद्ध महाअभियोग दर्ता गर्ने भनिएका समाचारमा सत्यता नभएको बताएका छन् । मंगलबार सांसदहरूसँगको छलफलपछि उनले हस्ताक्षर संकलन भइरहेको भएपनि कुनै निर्णय नभएको स्पष्ट पारे ।

घिमिरेले भने, “हस्ताक्षर संकलन भइरहेको अवस्था हो, तर उपसभामुखको विषयमा कुनै निष्कर्षमा पुगिएको छैन । मिडियामा आएका कुरा सत्य होइनन्। उपसभामुखलाई हटाउने प्रस्ताव आजै दर्ता हुने छैन ।”

सोही क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले महाअभियोग लाग्छ कि लाग्दैन, भन्न सक्ने अवस्था नभएको बताए। उनले भने, “महाअभियोग दर्ताका लागि एक चौथाई सदस्यको हस्ताक्षर आवश्यक हुन्छ, निलम्बनका लागि बहुमत, र प्रमाणित हुन दुई तिहाइ। छलफल भइरहेकै छ, सम्भावना नगन्य भने होइन ।”

प्रतिक्रिया