काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूले नेकपा (माओवादी केन्द्र) फुटाएको नभई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विद्रोह गरेको दाबी गरेका छन् ।
आज काठमाडौंमा आयोजित पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, "हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन, विद्रोह गरेका हौं। माओवादी कसरी विग्रँदै थियो भन्ने कुरा आँखैले देखेको छु ।"
उनको दाबी अनुसार माओवादी आन्दोलन गलत दिशातर्फ मोडिएपछि उनीहरू विद्रोह गर्न बाध्य भएका हुन् । “आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि?” भन्दै उनले प्रचण्ड नेतृत्वको आलोचना गरे ।
त्यसैगरी उनले देशमा दलाल पूँजीवाद र नेपाली जनताबीचको अन्तरविरोध अझै हल नभएको जिकिर गर्दै राज्य झनझन अस्थिर बन्दै गएको टिप्पणी गरे ।
22 Jul 2025