मन्त्रीहरुले लिए उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी

hitkhabar.com


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा घाइते भएका प्रहरी तथा सर्वसाधारणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बुधबार नेपाल प्रहरी अस्पतालमा पुगेर दुवै मन्त्रीले उपचाररत घाइतेहरुलाई भेटेका थिए। सो अवसरमा उनीहरुले घाइतेहरुप्रति सहानुभूति व्यक्त गर्दै उपचारमा कुनै कमी–कमजोरी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएका छन्।

अस्पताल स्रोतका अनुसार हाल १६ जना प्रहरी र १ जना सर्वसाधारण गरी १७ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको र केहीको थप उपचार भइरहेको जानकारी अस्पतालले दिएको छ।

प्रतिक्रिया