काठमाडौं । केही दिनदेखि निरन्तर घटिरहेको सुनको मूल्य फेरि उकालो लागेको छ। मंगलबार (माघ २०) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार (माघ १९) सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी तोलामा १ सय ३५ रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
03 Feb 2026