काठमाडौं । संयुक्त राष्ट्रसंघीय महिला संस्था यूएन वुमेनकी उपकार्यकारी निर्देशक न्याराड्जायी गुम्बोन्ज्वान्दाले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनाल सँग शिष्टाचार भेट गरेकी छन्।
भेटका क्रममा नेपालले लैङ्गिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा हासिल गरेको प्रगति, महिला अधिकार संरक्षण र समावेशी विकासका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, नेपाल र यूएन वुमेन बीचको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच विचार–विमर्श भएको बताइएको छ।
12 May 2026