काठमाडौं । नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा कायम गरिएको छ।
यसैगरी, युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा तथा स्वीस फ्रयाङ्कको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५२ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा रहेको छ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ११ पैसा र बिक्रीदर ४० रुपैयाँ २७ पैसा तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ रुपैयाँ ६५ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४० रुपैयाँ ०८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
यस्तै, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा तोकिएको छ।
त्यसैगरी हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा कायम गरिएको छ। कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४८० रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ८८ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ३१ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार विदेशी मुद्राको विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिनेछ।