सुनको भाउ फेरि बढ्यो, प्रतितोला ३ लाख नाघ्यो

hitkhabar.com


काठमाडौं। नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। मूल्य बढेसँगै सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जसले सुनको दर पुनः ३ लाख रुपैयाँ नाघेको देखाएको छ।

यसअघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। सो दिन पनि सुनको मूल्य ३ हजार ७०० रुपैयाँले बढेको थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २६५ रुपैयाँले महँगिएको हो। मूल्यवृद्धिपछि चाँदी प्रतितोला ५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।

यसअघि माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च विन्दु हो।

प्रतिक्रिया