सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
लोसपाबाट सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो । शर्माको राजीनामासँगै लोसपा अब प्रदेश सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंह पार्टी निर्देशअनुसार नचलेको आरोपमा आलोचित भइरहेका छन् । जनमत पार्टीबाट निर्वाचित सिंहले भोलि (मंगलबार) दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन् । सो प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
यसअघि नै नेपाली कांग्रेस र नेकपा (एमाले)ले पनि सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । अहिले एमाले र जनमतको समर्थनमा कांग्रेसले नयाँ सरकार गठनको दाबी अघि सारेको छ ।
13 Oct 2025