राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित

hitkhabar.com


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् ।

सभापतिका लागि उम्मेदवारी दर्ता गर्दा उनको नाममात्र दर्ता भएकाले न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् ।

उनको प्रस्तावकमा सोही समितिका निर्वतमान सभापति तथा कांग्रेस सांसद रामहरि खतिवडा रहेका थिए भने एमाले सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन गरेका थिए ।

यसअघि समितिको सभापति रहेका खतिवडाको कार्यकाल सकिएपछि कांग्रेसले न्यौपानेलाई अघि सारेको हो ।

प्रतिक्रिया