नारायणगढ–मुग्लिन सडकमा पहिरो, हटाउने काम सुरु

hitkhabar.com


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ठूलो पहिरो खस्दा शुक्रबार साँझदेखि अबरुद्ध भएको सडक पन्छाउने कार्य सुरु भएको छ।

शनिबार बिहान ८ः३० बजेदेखि तुइनखोला नजिकै दुबैँतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिए। उनका अनुसार निरन्तर काम अविरल जारी रहेमा करिब ४ घण्टाभित्र सडक सुचारु हुने अनुमान गरिएको छ।

सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीचैमा रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले यथाशीघ्र सडक सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया