एमाले सचिवालय बैठक आज च्यासलमा

hitkhabar.com


काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज (बिहीबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा भोलिदेखि आइतबारसम्म ललितपुरमा हुने दोस्रो राष्ट्रिय विधान महाधिवेशनका तयारीबारे विस्तृत छलफल हुनेछ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि समेत छलफल हुने जनाइएको छ।

एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने कार्यक्रम छ।

प्रतिक्रिया