काठमाडौं : सुनको मूल्य निरन्तर बढ्दै सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा प्रतितोला १ हजार ९ सय रुपैयाँले वृद्धि भई सुनको मूल्य २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको हो।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो।
यसैबीच चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढ्दै चाँदीको मूल्य ३ हजार ८ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
आइतबार चाँदी प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
15 Dec 2025