कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

hitkhabar.com


जनकपुर । मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ ।

आज जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिनुका साथै आफ्ना मन्त्रीहरूलाई पनि सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।

संसदीय दलका नेता कृष्णा यादवका अनुसार अब सरकारमा रहेका कांग्रेसका मन्त्रीहरू पदबाट हट्ने भएका छन् । कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुनेहरूमा अर्थमन्त्री सुनिल यादव, ऊर्जा तथा सिँचाइ मन्त्री शेषनारायण यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय रहेका छन् ।

समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकारको समीकरण फेरबदल हुने देखिएको छ ।

प्रतिक्रिया