हेटौंडामा चर्कियो जेनजी पुस्ताको आन्दोलन, यातायात प्रभावित

hitkhabar.com


हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ मा जेनजी पुस्ताले गरेको आन्दोलन चर्किएको छ। आन्दोलनकारीहरूले सोमबार बिहानै टायर बाल्दै सडक अवरुद्ध गरेका छन्।

सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रहरी स्रोतका अनुसार, स्थिति नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ भने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

हालसम्म आन्दोलनकारीहरूको ठोस माग र वार्ता प्रक्रियाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

प्रतिक्रिया