सुनचाँदीको मूल्य बढ्यो

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३ सय १५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया