मंगलबार सुनको मूल्यमा ठूलो उछाल, तोलामा ५ हजार २०० रुपैयाँको वृद्धि

hitkhabar.com


काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ एकैदिन उल्लेखनीय रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार २ लाख ४२ हजार ७०० रुपैयाँमा रहेकामा मंगलबार छापावाल सुनको दर ५ हजार २०० रुपैयाँले उक्लँदै २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदी पनि महँगो भएको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँमा थियो भने मंगलबार बढेर ३ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया