स्वास्थ्य मन्त्रालयको कार्यविधिका कारण विरामी समस्यामा : सांसद शर्मा

hitkhabar.com


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिले विरामीलाई थप समस्यामा पारेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियमित रुपमा सञ्चालित एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा बिरामीहरु उपचार पाउनै नसक्ने अवस्था बनेको बताए ।

शर्माले भने, “स्वास्थ्य मन्त्रालयले एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधि ल्याएको छ । यसले परोपकारी संस्था, स्थानीय सरकार र विभिन्न संस्थाले सञ्चालन गर्दै आएका एम्बुलेन्स रोकिएको छ । दुरदराजमा सेवा दिँदै आएका एम्बुलेन्स चल्न पाएका छैनन् ।”

उनका अनुसार कार्यविधिले सञ्चालन योग्य एम्बुलेन्सलाई रोक्दा अनावश्यक आयातलाई प्रोत्साहन गर्ने अवस्था बनेको छ । उनले ३ हजारभन्दा बढी एम्बुलेन्स थन्किएको र तीका चालक बेरोजगार बनेको दाबी गरे ।

“जताततै आन्दोलन भइरहेका छन् । अब एम्बुलेन्स सञ्चालकहरु पनि आन्दोलनमा उत्रिन सक्ने सम्भावना छ,” शर्माले चेतावनी दिए ।

प्रतिक्रिया