सुनचाँदीको मूल्य घट्यो

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको  १ हजार २ सय रुपैयाँले घटेको हो ।  

सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


प्रतिक्रिया