स्वास्थ्य सामग्रीमा अनिवार्य MRP लागू गर्ने विषयमा दुई मन्त्रीबीच छलफल

hitkhabar.com


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा प्रयोग हुने सम्पूर्ण सामग्रीमा अधिकतम खुद्रा मूल्य (MRP) अनिवार्य लागू गर्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग छलफल गरेकी छन्।

छलफलका क्रममा शल्यचिकित्सासम्बन्धी सामग्री (सर्जिकल गुड्स), शरीरमा प्रत्यारोपण गरिने सामग्री (इम्प्लान्ट), रिएजेन्टलगायत सम्पूर्ण स्वास्थ्यसम्बन्धी सामग्रीमा अनिवार्य रूपमा MRP लागू गर्ने विषयमा कुराकानी भएको हो।

स्वास्थ्य सामग्रीको मूल्यमा एकरूपता र पारदर्शिता कायम गर्ने तथा भन्सार प्रक्रियालाई सहज र नियमित बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।

त्यसैगरी, स्वास्थ्य सामग्रीको मूल्य नियमन तथा प्रभावकारी अनुगमनका लागि सम्बन्धित विभागमार्फत आवश्यक व्यवस्था मिलाउन दुई मन्त्रालयबीच समन्वय र सहकार्य गर्ने विषयमा समेत जोड दिइएको छ।

प्रतिक्रिया