प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता

hitkhabar.com


काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

भेटमा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको हो ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र भारतबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गर्नुभएको हो ।


प्रतिक्रिया