काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारतका जनताप्रति आभार व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सन्देश सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदी र भारतका जनतालाई धन्यवाद दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, “धन्यवाद, महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू तथा भारतका सम्पूर्ण जनतालाई।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा छलफल भएको थियो।
राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री तथा त्यहाँका नागरिकप्रति धन्यवाद व्यक्त गरेका हुन्।