काठमाडौं। गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गर्दै हालै आफूसँग सम्बन्धित शेयरलगायतका विषयमा उठेका जनचासो र प्रश्नहरूलाई गम्भीर रूपमा लिएको बताएका छन्।
गुरुङले पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास भएको उल्लेख गर्दै सार्वजनिक जीवन स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्ने बताएका छन्। पछिल्ला दिनहरूमा युवाहरूको नेतृत्वमा उठिरहेको ‘Gen Z आन्दोलन’ले पनि यही सन्देश दिएको उनको भनाइ छ।
उनले आफूविरुद्ध उठेका विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्। साथै, आफूले नैतिक जिम्मेवारी पूरा गरेको दाबी गर्दै अब सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने अपिल गरेका छन्।
गुरुङले देशमा सुशासन र पारदर्शिताको आवश्यकता औंल्याउँदै सञ्चारकर्मी, आम नागरिक र युवाहरूलाई सकारात्मक परिवर्तनका लागि एकजुट हुन आग्रह गरेका छन्।