सभामुख अर्याल र अर्थमन्त्री वाग्लेबिच बजेट सत्रको कार्यतालिकाबारे छलफल

hitkhabar.com


काठमाडौं। सभामुख डोल प्रसाद अर्यालले संसदको आगामी बजेट सत्रको कार्यतालिका निर्धारणका विषयमा महत्वपूर्ण छलफल गर्नुभएको छ।

बुधबार भएको उक्त छलफलमा बजेटसँग सम्बन्धित प्रमुख एजेन्डाहरूलाई व्यवस्थित रूपमा अघि बढाउनेबारे केन्द्रित रहँदै सभामुख अर्यालले बजेटको सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट छलफल), सरकारको नीति तथा कार्यक्रम, साथै बजेट प्रस्तुतिको समग्र प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा विचार–विमर्श गर्नुभएको थियो।

यसै क्रममा उहाँले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग परामर्श गर्दै आगामी सत्रलाई व्यवस्थित, परिणाममुखी र समयमै सम्पन्न गर्ने तयारीबारे पनि छलफल गर्नुभएको जनाइएको छ।

संसदमा बजेटसँग सम्बन्धित छलफललाई व्यवस्थित र प्रभावकारी बनाउन यस प्रकारका उच्चस्तरीय परामर्शहरूलाई महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया