आज एमालेले वृहत जनप्रदर्शन गर्दै

hitkhabar.com


काठमाडौं । आज नेकपा एमालेले वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

जनप्रदर्शन र जनसभा एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे सुरु हुने भनिएको छ । 

एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन ¥याली  गरेको थियो । 

यस्तै एमालेले मंसिर ५ गते शुक्रबार ‘नेशनल भोलेन्टियर्स फोर्स’को घोषणा गरि  जनप्रदर्शन ¥याली समेत गरेको थियो । 


प्रतिक्रिया