सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ५४ सय रुपैयाँ घट्यो

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। बिहीबार सुनको भाउ तोलामा ५४ सय रुपैयाँले घटेको हो।

नयाँ मूल्य अनुसार अब एक तोला सुन किन्न उपभोक्ताले तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि अघिल्लो दिन भने सुन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १४० रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया