वागमती सरकारका लागि एमालेले टुंग्यायो मन्त्रीको नाम

hitkhabar.com


हेटौंडा । नेकपा एमालेले वागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । कांग्रेसका इन्द्र बानियाँको नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारका लागि एमालेले पठाउने ६ जना मन्त्रीको नाम तय गरेको हो । तीमध्ये एक जना पुरानै अनुहार दोहोरिएका छन् भने बाँकी पाँच जना नयाँ मन्त्री सरकारमा सहभागी हुँदैछन् ।

एमालेबाट स्वास्थ्यमन्त्रीका रूपमा हाल कार्यरत किरण थापामगर पुनः नियुक्त हुने भएका छन् । उनी फेरि पनि स्वास्थ्य मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने निश्चित भएको एमाले स्रोतले जनाएको छ ।

त्यस्तै, एमालेले अन्य मन्त्रालयहरूमा नयाँ अनुहार पठाउने निर्णय गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा काठमाडौंका डा। दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा काठमाडौंकै विन्दु श्रेष्ठ नियुक्त हुने भएका छन् ।

नयाँ मन्त्रीहरू केही दिनभित्रै सपथ लिने तयारीमा रहेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया