नेपाली बजारमा सुन–चाँदीको मूल्य नयाँ उचाइमा

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ५८५ रुपैयाँ पुगेको छ। महासङ्घका अनुसार यी मूल्य हालसम्मकै उच्च हुन्।

यसअघि बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी चार हजार ४२० रुपैयाँमा किनबेच भएको थियो। बिहीबार सुन–चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको थियो। सो दिन सुन प्रतितोला दुई लाख ६७ हजार ५०० र चाँदी चार हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया