रवि लामिछाने रिहा

hitkhabar.com


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन्। रुपन्देही जिल्ला अदालतमा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि उहाँ थुनामुक्त हुनुभएको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार सर्तसहित रिहा गर्न आदेश दिएसँगै लामिछानेको रिहाइ प्रक्रिया अघि बढेको थियो। 
नख्खु कारागारमा रहनुभएका लामिछाने शुक्रबार चितवन हुँदै भैरहवा पुगेका छन्।

प्रतिक्रिया