आज विश्व सहरीकरण दिवस मनाइँदै

hitkhabar.com


काठमाडौं । विश्वका विभिन्न देशमा आज विश्व सहरीकरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर ३१ तारिखका दिन सहरीकरण दिवस मनाउने गरिन्छ ।

सन् २०१४ देखि सुरु गरिएको यो दिवस यस वर्ष ‘जनकेन्द्रित स्मार्ट सहर’ भन्ने नाराका साथ मनाइँदै छ । सहरको दिगो विकास, सहकार्य र समान अवसरयुक्त बसोबास प्रवद्र्धन गर्न विभिन्न सहरमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा यस अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विश्वस्तरीय विशेष कार्यक्रम हुँदैछ । सो कार्यक्रममार्फत आवास संकटजस्ता विश्वव्यापी चुनौतीहरूको दीगो समाधान र सहरी जीवनस्तर सुधारका विषयमा छलफल हुने बताइएको छ ।

विश्व सहरीकरण दिवस मनाउने उद्देश्य दिगो, समावेशी र सहयोगी सहरी विकासका लागि विश्वस्तरमा सहकार्य प्रवद्र्धन गर्नु रहेको छ ।

सन् २०१४ मा पहिलोपटक चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ सहरीकरण दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष यो दिवस विश्वका विभिन्न मुलुकहरूले फरक–फरक विषयवस्तुमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया