प्रतिनिधि सभाको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफलको कार्यसूची

hitkhabar.com


काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजेका लागि तय गरिएको छ ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भन्सार विधेयक, २०८० मा राष्ट्रिय सभाबाट पारित भएका संशोधनहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संसद बैठकसँगै आज विभिन्न समितिहरूको पनि बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया