काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। एकैदिन प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि भएसँगै सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य बढेर प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी प्रतितोला २०५ रुपैयाँले बढ्दै सात हजार ५०५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला सात हजार ३०० रुपैयाँ थियो।
29 Jan 2026