टप एण्ड टी–२० सिरिजमा नेपाल एक रनले पराजित

hitkhabar.com


काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्स नेपालमाथि एक रनले विजय भएको छ । 

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको हो ।

शुक्रबार भएको खेलमा टस हारेर बलिङ गरेको नेपालले पाकिस्तानले दिएका १४४ रनलाई पछ्याउँदै १४३ रन मात्र बनाई नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको हो । 

खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिएका थिए । नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए । आज भएको खेलमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए । 


प्रतिक्रिया