काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे शुक्रबार पनि निर्णायक छलफल हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिनभर र रातभर नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की र संविधानविद्हरुसँग लामो बैठक गरेका थिए। तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने संवेदनशील विषयमा ठोस सहमति जुट्न नसकेपछि छलफल निष्कर्षमा पुग्न सकेन।
आज बिहान ९ बजेदेखि पुनः बैठक बस्ने तयारी गरिएको छ। स्रोतका अनुसार, बैठकबाट अन्तिम निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ।
यद्यपि, अन्तरिम सरकार गठनमा सुशीला कार्कीलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा प्रमुख दलबीच प्रारम्भिक सहमति भइसकेको उच्चस्तरीय स्रोतले जानकारी दिएको छ।
12 Sep 2025