काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले वृद्धि भएको हो।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार (वैशाख ११) सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ४ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम थियो।
26 Apr 2026