काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भई २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भई २ हजार ७ सय ४० रुपैयाँमा पुगेको छ । बिहीबार यसै चाँदी तोलाको मूल्य २ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
26 Sep 2025