संविधान खारेज नगर्नुको कारण देश रक्षा नै हो : गुरुङ

hitkhabar.com


काठमाडौं । हामी नेपालका संयोजक तथा जेन–जी अभियान्ता सुदन गुरुङले संविधान खारेजसम्बन्धी मागबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान खारेजको माग धेरै जनताबाट आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो ठूलो निर्णय गर्न नसक्ने बताए। “धेरै जनताको माग छ। तर म एक्लै केही गर्न सक्दिन। संविधान खारेज गर्ने कि नगर्ने भन्ने गम्भीर प्रश्न छ,” उनले भने।

गुरुङले लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको तथ्य सबै नेपालीलाई थाहा रहेको उल्लेख गर्दै संविधान खारेजको माग तत्काल अघि नबढाएको स्पष्ट पारे। “जे भए पनि लिम्पियाधुरा हाम्रो हो भन्ने कुरा सबैलाई थाहा छ। त्यसैले संविधान खारेजको माग तत्काल अघि बढाउन सकिएन,” उनले बताए।

उनले काठमाडौं केन्द्रित सोच मात्रै लिएर निर्णय गर्न नमिल्ने भन्दै देशका सबै क्षेत्रलाई ध्यानमा राखेर कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिए। “संविधान खारेज ग¥यो भने हाम्रो लिम्पियाधुरा गुम्ने जोखिम रहन्छ। त्यसैले देश बचाउनकै लागि संविधान खारेज नगरेको,” गुरुङले स्पष्ट पारे।

प्रतिक्रिया