नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा वितृष्णा बढेको हो : कमल थापा

hitkhabar.com


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलका नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र असन्तुष्टि र वितृष्णा बढेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले २०६२÷०६३ को जनआन्दोलनपछि आमूल परिवर्तन र समृद्धिको सपना बोकेका नेपाली जनताको भविष्य नै अन्धकारमय बन्ने खतरा देखिएको बताए ।

थापाले भने, “विगत केही वर्षदेखि नेपाली जनतामा राजनीतिक दलहरू, तिनीहरूले लिएको व्यवस्था र नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण ठूलो असन्तुष्टि र आक्रोश छ । खासगरी कांग्रेस, एमाले र माओवादीजस्ता दलप्रति जनतामा वितृष्णा बढेको छ र जनताले परिवर्तन खोजिरहेका छन् ।”

जेनजी आन्दोलनलाई खुलेर समर्थन

देशभर उठेको जेनजी आन्दोलनको प्रसङ्गमा उनले राप्रपा नेपालले खेलेको भूमिकाबारे प्रष्ट पार्दै भने, “भ्रष्ट व्यवस्था र शासनविरुद्ध जनमत बटुल्न जेनजी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको छ । राप्रपा नेपाल मात्र यस्तो पार्टी हो जसले सबैभन्दा पहिले यो आन्दोलनलाई खुलेर समर्थन र सहयोग गरेको हो ।”

प्रतिक्रिया