दुईतर्फी आवतजावत खुल्यो मुग्लिन–नारायणगढ सडक

hitkhabar.com


चितवन । केही दिनयता अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी आवतजावतका लागि खुलेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइनखोलानजिक खसेको पहिरो पूर्ण रूपमा हटाएपछि शुक्रबार बिहानदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

लगातारको वर्षाका कारण सो सडकखण्डमा तुइनखोलासहित विभिन्न स्थानमा पहिरो खसेपछि यात्रु र सवारीसाधनले लामो समयसम्म सास्ती भोग्नु परेको थियो ।


सडक सुचारु भएपछि अब चितवन, काठमाडौं र पोखरातर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।

प्रतिक्रिया