एमालेको ११औँ महाधिवेशन आजबाट सुरु हुँदै

hitkhabar.com


काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन आज शनिबारबाट सुरु हुँदैछ। महाधिवेशन २९ गतेसम्म चल्नेछ भने यसको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तिनकुने चौरमा हुनेछ।

महाधिवेशनमा सहभागी हुन उपत्यकाबाहिरका नेता, कार्यकर्ता तथा प्रतिनिधिहरू काठमाडौँ आइपुगेका छन्। उद्घाटन समारोहका लागि करिब तीन लाख जनासम्म अट्ने गरी तयारी गरिएको छ।

उद्घाटन सत्रमा एमालेसहित विभिन्न १६ राजनीतिक दलका नेताहरू सहभागी हुनेछन्। कार्यक्रम व्यवस्थापनका लागि करिब १० हजार स्वयंसेवक परिचालन गरिनेछ।

विधान महाधिवेशनबाट नीतिगत निर्णय भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित रहनेछ। अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालका लागि तयारीमा छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन्।

प्रतिक्रिया