सुनको मूल्य नयाँ उचाइमा, प्रतितोला २ लाख ८२ हजार पुग्यो

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै २ लाख ८२ हजार रुपैयाँमा कायम भएको हो।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो। पछिल्लो मूल्यवृद्धिसँगै सुनले नयाँ रेकर्ड बनाएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ। सोमबार प्रतितोला चाँदी ५ हजार ८ सय १० रुपैयाँमा पुगेको छ। आइतबार चाँदीको मूल्य ५ हजार ६ सय २५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया