काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेखनीय कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ २२ गते सुनको भाउ प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै आज सुन प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य एकैदिन प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेर तीन लाख चार हजार ७०० रुपैयाँ पुगेको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार चाँदी प्रतितोला ६२० रुपैयाँले घट्दै चार हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
05 Feb 2026