काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ ।
मंगलबार समितिको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो। बैठकमा अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित थिए ।
समितिका सभापति सन्तोष चालिसेले विधेयक वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानूनी आधार निर्माण गर्न महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।
यसअघि अर्थ मन्त्रालयले तयार पारेको विधेयकलाई समितिमा पेश गरिएको थियो । छलफलपछि सर्वसम्मत सहमतिसहित पारित भएको यस विधेयकलाई अब प्रतिनिधिसभाको पूर्ण बैठकमा पेश गरिने छ ।
19 Aug 2025