जलवायुको असर तराई–मधेसको खानेपानीमा देखियो : मन्त्री यादव

hitkhabar.com


बारा । खानेपानी मन्त्री प्रदीप यादवले तराई–मधेसका जिल्लामा बढ्दो खानेपानी समस्या तत्कालीन र दीर्घकालीन दुवै उपायमार्फत समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार बारास्थित परवानिपुर र प्रसौनी गाउँपालिकाका विभिन्न वडामा जडान गरिएका डिप बोरिङको स्थलगत अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण तराई–मधेससहितका जिल्लामा खानेपानीको गम्भीर समस्या देखिएको बताए ।

उनका अनुसार मधेसका जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानी मन्त्रालय अन्तर्गतका निकायले डिप बोरिङको कार्य तीव्र रूपमा अघि बढाइरहेका छन् ।

मन्त्री यादवले हाल जडान भइसकेका र छिट्टै सञ्चालनमा आउने तयारीमा रहेका डिप बोरिङबाट स्थानीय बासिन्दाले खानेपानीको अभावबाट राहत पाउने र समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया