ईद उल फित्रको अवसरमा भोलि सार्वजनिक बिदा

hitkhabar.com


काठमाडौं। सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्र (इद) को अवसरमा भोलि (शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालय द्वारा शुक्रबार जारी सूचनामा सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेको हस्ताक्षरसहित उक्त जानकारी दिइएको हो।

सूचना अनुसार २०८१ फागुन १५ गते नेपाल राजपत्र मा प्रकाशित निर्णय बमोजिम इदको दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको जनाइएको छ।

यस अवसरमा मन्त्रालयले देश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा नेपाली दाजुभाइ–दिदीबहिनीमा शुभकामना व्यक्त गरेको छ।


प्रतिक्रिया