सीमा व्यवस्थापन सुदृढ बनाउन प्रविधि प्रयोगदेखि कूटनीतिक समाधानसम्म सरकारको नीति

hitkhabar.com


काठमाडौं । सरकारले सीमा विवादहरूको समाधान कूटनीतिक संवादमार्फत गर्ने स्पष्ट नीति लिएको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त विषय सार्वजनिक गरेका हुन्।

सरकारले सीमा नाकाहरूमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने योजना अघि सारेको छ। यसअन्तर्गत अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली तथा स्वचालित निगरानी संरचना स्थापना गरिने उल्लेख गरिएको छ।

यसैगरी, सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि ड्रोन तथा नाइट भिजन क्यामेरा जस्ता प्रविधिको उपयोग गरिने नीति ल्याइएको छ।

नीति तथा कार्यक्रममा सीमा क्षेत्र विकास कार्यक्रममार्फत स्थानीय बासिन्दा र सुरक्षा निकायबीचको समन्वय र नागरिक–सुरक्षा सम्बन्ध थप मजबुत बनाइने उल्लेख गरिएको छ।

प्रतिक्रिया